राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

नेकपाको नाम विवादसम्बन्धी फैसलाविरुद्धको निवेदनमा सुनुवाइ हुँदै

बिहिवार, १९ चैत्र २०७७ १२:४६

काठमाडौं । नेकपाको नाम विवादसम्बन्धी फैसलाविरुद्धको निवेदनमा सुनुवाइ हुँदै

काठमाडौं, चैत १९ गते । नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धी विवादमा यस अघि भएको सर्वोच्चको फैसला विरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको सो रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरु तेजबहादुर केसी र मिरा ढुङ्गानाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम आफ्ना पार्टीको नामसँग जुधेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

सो फैसलाविरूध्द गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरवलोकनको निवेदन दिनुभएकाे थियो।

थप जानकारी