काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहराले राप्रपा छाड्न लागेको भन्ने भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
रिपोर्टस नेपाल नामक अनलाईनले “दिपक बोहरा राप्रपा छाड्दै” भन्ने समाचार प्रकाशित गरेको थियो । सामाजिक संजालमा सो मनोकल्पित समाचार प्रति प्रतिक्रिया जनाउँदै दिपक बोहराले भ्रमपुर्ण प्रचार प्रति कत्ति पनि बिचलित नहुन आम शुभेच्छुक तथा राप्रपा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
‘मेरो लोकप्रियता प्रति आत्तिएर बिरोधी पक्षले गर्ने यस्तो भ्रमपुर्ण प्रचार प्रति कत्ति पनि बिचलित नहुन मेरा आम शुभेच्छुक तथा राप्रपा कार्यकर्ताहरूलाई आग्रह गर्दछु’, उनले लेखेका छन् ।
उनले यस्ता दुराशयपूर्ण समाचार प्रकाशन हुनुअघि सम्वन्धित सरोकारवालासंग प्रमाणित गरेर मात्र प्रकाशित गर्नसमेत आग्रह गरेका छन्। उनी अगाडी लेख्छन्, ‘राप्रपाको मुद्दा प्रति जनचासो र जनलहर बढ्दै गइरहेको सन्दर्भमा बिरोधीहरू अत्यन्तै आत्तिएको बर्तमान अवस्थामा यस्ता भ्रमपुर्ण प्रचारबाट म किंचित बिचलित हुन्न र म राप्रपा र राप्रपाको नीति सिद्वान्त प्रति कटिबद्व र प्रतिबद्व छु ।
राप्रपा यतिखेर महाधिवेशनको पुर्व सन्ध्यामा छ । हामी निर्धारित समयमा महाधिबेशन गर्ने तयारीमा छौ । यस्तो समयमा पार्टीको बृहत्तर एकताबाट अत्तालिएका तत्वहरू यस्तो हतकण्डा अपनाउन बाध्य भएका छन् र संचार गुहलाई दुरूपयोग गर्न थालेका छन । तसर्थ यस्ता दुराशयपूर्ण समाचार प्रकाशन हुनुअघि सम्वन्धित सरोकारवालासंग प्रमाणित गरेर मात्र प्रकाशित गर्न आग्रह समेत गर्दछु।’