राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

व्यवस्था परिवर्तन गरी राजसंस्थालाई स्थान दिईयोस: सांसद रिता माझी

बिहिवार, २ बैशाख २०७८ २२:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिता माझीले आज बसेको बागमति प्रदेश सभा बैठकमा शुभकामना व्यक्त गर्दै १४ बर्षको परिक्षण व्यवस्था असफल भएको र जनताको हितमा नभएको हुँदा २०७८ साल यो व्यवस्था परिवर्तन गरी देशको बारे नराम्रो नचिताउने र संरक्षण गरिरहने राजसंस्थालाई समेत स्थान दिने शक्ति सम्पूर्ण राजनैतिक दलहरुलाई दिओस भन्ने शुभकामना दिइन ।

सांसद माझीले २०७७ सालमा जनताले आशा गरेको प्रतिफल पाउन सकेन र वेतिथिको स्थिति मात्र भोग्नु परेको आरोप लगाईन । साँसद माझीले दोश्रो चरणको कोरोना कहरको सचेतना बारे सरकारको अनविज्ञता बारे पनि प्रश्न उठाईन ।

सांसद माझीले २०७८ साल सवै जनताको प्रजातन्त्र, लोकतन्त्र र समृद्ध हासिल गर्ने कोशेढुङ्गा सावित होस भन्दै शुभकामना व्यक्त गरिन । सभामा शालिकराम जम्र्मकट्टेल, इन्द्र बानिया, रमेश पौडेल, सुरेन्द्रराज गोसाई, रिना गुरुङ्ग लगायतले शुभकामना दिएका थिए । सभामा सरकारको चित्तबुझ्दो जवाफ नभएको भन्दै नेकपा माओवादी केन्द्रका साँसदहरुले विरोध गरेपछि अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको छ ।

थप जानकारी