राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

सर्वदलीय बैठक बालुवाटरमा शुरु

शनिवार, ४ बैशाख २०७८ १३:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठक बालुवाटरमा शुरु भएको छ । देशमा बढ्दै गएको कोरोनाको संक्रमण, संसदको जारी अधिवेशनको अन्त्य लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सो बैठक बोलाउनुभएको हो ।

आजको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सहभागिता रहेको बताइएको छ । त्यस्तै प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधि, बालकृष्ण खाँण, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णको सहभागिता छ ।

सोहीअनुसार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ । तर बैठकमा नेकपा (माओवादी केन्द्र) का नेताहरुको भने बैठकमा सहभागिता नभएको बताइएको छ । हिजो शुक्रबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई टेलीफोन गरी बैठकको आमन्त्रण गर्नुभएको थियो । बैठकमा नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका छैनन् ।

थप जानकारी