राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

पुन: गृहमन्त्री भएका रामबहादुर थापाद्वारा शपथग्रहण

आइतवार, ५ बैशाख २०७८ २०:३०

काठमाडाैं, वैशाख ५ गते । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुुक्त गृहमन्त्री रामबहादु्र थापालाई आइतबार शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनुभएकाे थियाे ।

साे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे उपस्थिति रहेकाे थियाे । गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि उहाँ राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए। उनलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गरेका थिए ।

थप जानकारी