राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द

शुक्रवार, १० बैशाख २०७८ ७:३५

काठमाडौं । कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने बताइएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको हो । सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिएको बताइन्छ ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसअघि गत वर्ष पनि कोरोनाका कारण ९ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दि बन्द गरिएको थियो ।

थप जानकारी