राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन : अध्यक्ष थापा

बिहिवार, १६ बैशाख २०७८ १९:४१

१६ बैशाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको आराेप लगाएका छन् ।

अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन र जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।’ उनले संघियता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार साबित भएको बताएका छन् । अध्यक्ष थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ। पुनर्विचार गर्न ढिला नगरौं भनी आव्हान गरेका छन् ।

अध्यक्ष थापाको ट्वीटः कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउनरजोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्, त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ। संघियता बोझ मात्र होईन, राजनीतिक विकृतिको भण्डार साबित भएको छ । गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेकोछ। पुनर्विचारगर्न ढिला नगरौं ।

थप जानकारी