राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

कोभिड विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख डलर अनुदान दिने

शनिवार, १८ बैशाख २०७८ १९:०१

काठमाडौं, वैशाख १८ गते । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी घोषणाबारे जानकारी गराउनुभएको हो ।

राजदूत बेरीले ट्वीटरमार्फत् अमेरिकी सहयोग निकाय(यू एस एड)को कार्यक्रम अतिरिक्त कोभिड विरुद्ध लड्न उक्त अतिरिक्त अनुदान उपलब्ध गराउने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।” उहाँले हामी सँगै लडे भाइरसलाई परास्त गर्ने उल्लेख गर्नुभएको छ ।यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।

थप जानकारी