राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश हुने

आइतवार, १९ बैशाख २०७८ ८:१२

बुटवल । आजदेखि सुरु हुने लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश हुने भएको छ ।अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए ।
त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदलाई समेटेर यसबीचमा मन्त्रिमण्डल विस्तार पनि गरे पनि त्यो विवादास्पद बन्न पुगेको छ । जसपाले उनीहरूलाई कारवाही गरेको जनाएको छ। तर उक्त कारवाही पनि विवादमा परेको छ।

कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। जसपाले चार जना सांसद कारवाही गरेपछि यो संख्या घट्न सक्छ । प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्।

थप जानकारी