राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

७ हजार १३७ सङ्क्रमित, उपत्यकाका मात्रै ३ हजार ५९५, २७ जनाको मृत्यु

आइतवार, १९ बैशाख २०७८ १७:१०

काठमाडौं, बैशाख १९ गते । नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २७ जना सङ्क्रमितको मृत्यु भएका छन् ।

थप जानकारी