राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

नेपालमा थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

सोमवार, २० बैशाख २०७८ १८:०९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । यही अवधिमा थप २०२१ जना निको भएका छन् ।

हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ । नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।

थप जानकारी