राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

कोरोनाको दुबै डोज खोप लगाएकि जनप्रतिनिधिको संक्रमणबाटै मृत्यु

मङ्गलवार, २१ बैशाख २०७८ ११:५६

बागलुङ । बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि तेजमाया भण्डारी परीयारको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन् । उनले कोरोनाको दुबै डोज खोप लगाएकि थिइन् । तर खोपले काम गरेको देखिएको थिएन।

थप जानकारी