राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, ७,६६० संक्रमित थपिए

मङ्गलवार, २१ बैशाख २०७८ १९:३८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७,६६० जना कोरोना संक्रमित थपिएका छन । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणमा ७५८७ र सिमा नाकाहरुमा गरिएको एन्टीजेन्ट परीक्षणमा ७३ गरी ७,६६० जनामा संक्रमण पुष्टिभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसहित हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३४१७ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा १७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

थप जानकारी