राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत जुटाउन रोक्ने

मङ्गलवार, २१ बैशाख २०७८ २०:१४

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्‍वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको हो ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भने,‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ ।’ उनका अनुसार, कांग्रेसको पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने यसअघि नै बताइसकेका छन् । जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते दिउँसो १ बजे संसद् बोलाएकी छन् । यसैगरी कांग्रेस बैठकले राष्ट्रपति भण्डारीले मंगलबार जारी अध्यादेशअनुरुप हुने संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्ने पनि निर्णय गरेको छ । त्यस्तै भदौ पहिलो हप्ता तोकिएको पार्टी महाधिवेशनको तयारीलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने निर्णय पनि भएको सहमहामन्त्री महतले जानकारी दिए ।

थप जानकारी