राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

मङ्गलवार, २१ बैशाख २०७८ २०:३७

काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

थप जानकारी