राष्ट्र हितमा समर्पित
बुधवार, आषाढ ९, २०७८

सरकार माथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

सोमवार, २७ बैशाख २०७८ १८:२७

काठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावकाे पक्षमा ९३ परेको र विपक्षमा १२४ मत परेका बहुमतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना सहभागी हुनुहुन्थ्याे ।

मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले घाेषणा गर्नु भएकाे हाे । कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।

कुल सांसद संख्या २७५ रहेकामा मतदानमा उपस्थित संख्या २३२, पक्षमा ९३, विपक्षमा १२४, तटस्थ सांसद १५ रहनुभएकाे छ । मतदानमा एमाले कै २८ सांसद अनुपस्थित रहनु भएकाे थियाे ।

थप जानकारी