राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

मङ्गलवार, १८ जेठ २०७८ ११:०४

बर्दिया,जेष्ठ १८ गते । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो । (रासस)

थप जानकारी