राष्ट्र हितमा समर्पित
बुधवार, आषाढ ९, २०७८

आज दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

शुक्रवार, २८ जेठ २०७८ १७:५१

काठमाडौं, जेठ २८ गते । नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ३१ लाख ९८ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

थप जानकारी