राष्ट्र हितमा समर्पित
बुधवार, साउन १३, २०७८

पूर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा: नेता लिङ्देन

आइतवार, ३० जेठ २०७८ १६:१५

काठमाडौं । राप्रपाका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पाँच पुर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र हो की भनी प्रश्न गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा विचार व्यक्त गर्दै नेता लिङ्देनले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवंम चलखेल नहोस भन्ने पूर्व पाँच प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र हो की भनि प्रश्न गरेका हुन् ।

शेरबहादुर देउवा, पुष्प कमल दाहाल , झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपालमा संवैधानिक व्यवस्थामाथि निरङ्कुश हमला भइरहेको जिकीर गरेका छन् ।

साथै लिङ्देनले नेपालमा वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका, विदेशीहरूले तय गरेकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो भनि प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लिङदेनले लेखेका छन्-
एउटा जिज्ञासा:
नेपालको बारेमा नेपालीलेनै निर्णय गर्नुपर्छ। नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवंम चलखेल नहोस भन्ने पूर्व पाँच प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र हो की ? नेपालमा वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका, विदेशीहरूले तय गरेकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?

थप जानकारी