राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मानव अधिकारकर्मीलाई बाहिर निकालेर वडा अध्यक्षद्वारा आफ्नालाई खोप

सोमवार, ३१ जेठ २०७८ १५:१८

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउने विषयमा विवाद भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयालले मानव अधिकारकर्मीलाई बाहिर निकालेर नेपाल सरकारले तोकेको उमेर समूहभन्दा बाहिरका खोप लगाइदिएको आरोप छ ।

मानव अधिकार खोप केन्द्रमा अनुगमनका लागि पुग्दा उनलाई वडा अध्यक्ष फुयाल लगायतले गाली गरि बाहिर जाने भनेका थिए । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिरकालाई खोप लगाउदैँ गरेको विषयमा विवाद हुँदा वडा अध्यक्ष फुयालले मानव अधिकारकर्मीलाई दुर्ववहार गरेर बाहिर जान दबाब दिएका हुन् ।

चीन सरकारले अनुदानमा दिएको १० लाख कोरोनाभाइरसविरुद्धको खोप जेठ २५ गतेबाट ६० देखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई दिन थालिएको थियो ।

लाइन लागेका ६०देखि ६४ वर्षको उमेर समूहका व्यक्तिभन्दा उनीहरुलाई दिइएको टोकन नम्बर बढी थियो । सरकारले तोकेको उमेर समूहभन्दा फरक उमेर समूहकालाई पनि खोप लगाइएको भेटिएको छ । उक्त खोप केन्द्रमा युवाहरु खोप लगाउन लाइन लागेको प्रष्टै देखिएको छ । यो कागेश्वरी मनोहरा नगरपालिकाले मात्रै होइन अधिकांश पालिकाले तोकेका खोप केन्द्रमा यस्ता समस्या देखिएको छ ।

सुरुमा खोप नलगाएको र कोरोनाको दोस्रो लहर संक्रामक र आक्रमक भएपछि अहिले पालिकाहरुमा सोर्सफोर्स लगाएर तोकिएको उमेर समूहकाभन्दा फरक व्यक्तिहरुलाई खोप लगाएका छन् ।

थप जानकारी