राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले ठुलो क्षति (फोटो फिचर)

बुधवार, २ आषाढ २०७८ ११:२७

सिन्धुपाल्चोक, असार २ गते । केही दिनदेखिको अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आएको भीषण बाढीले अहिलेसम्म दर्जनौं जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले मेलम्ची खानेपानीको क्याम बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ । सयौं परिवार घरबार बिहिन भएका छन् ।

स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बस्न बाध्य छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।
प्रहरी घटना स्थलमा पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र उद्धारटोली सक्रिय रूपमा राहत र उद्दारमा लागेका छन् ।

थप जानकारी