राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

बाढी पहिरो पीडितको उद्धारमा लाग्न राप्रपा नेता उदयको अपिल

बुधवार, २ आषाढ २०७८ १२:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष युवा नेता प्रदिपकुमार उदयले देशभर लगातार परिरहेको वर्षाका कारण जनधनको क्षति हुन थालेकाले सतर्क रहन आग्रह गरेका छन् ।

अध्यक्ष उदयले विज्ञप्ती जारी गर्दै सम्भावित बाढी पहिरोको कारण हुनसक्ने क्षतिलाई न्युनिकरण गर्न र आवश्यक उद्धारमा लाग्न राप्रपाका कार्यकर्ताहरुलाई अपिल पनि गरेका छन् ।

उनले अहिले भइरहेको अबिरल भारी वर्षाको कारण लुम्बिनी प्रदेशका बिभिन्न खोला, नालाहरूमा पानीको सतह र पानीको बहाव बढ्नुका साथै बाढी पहिरोको कारणले क्षति पुग्ने, ज्यान जोखिममा पर्ने अत्याधिक सम्भावना रहेको साथै मनसुन सक्रिय रहेको हुदा त्यस्तो सम्भावित क्षेत्रहरूमा सजक र सचेत भई सुरक्षित रहन हुन आग्रह गरेका छन् ।

थप जानकारी