राष्ट्र हितमा समर्पित
बुधवार, साउन १३, २०७८

२३ किलो सुन तस्करीमा संलग्न सिन्हा विरुद्ध १८ करोड विगो दावीसहित मुद्दा दर्ता

बिहिवार, १० आषाढ २०७८ १४:५८

काठमाडौं, असार १० गते । वीरगञ्को एक अर्पाटमेन्टमा फेला परेको करीब २३ किलो सुनको तस्करीमा संलग्न अभियुक्त विरुद्ध १८ करोड ६५ लाखको विगो माग गर्दै मुद्दा दायर भएको छ ।

प्रहरीले कात्तिक १ गते वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याट साे सुन बारमद गरेको थियो । सो अबैध सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान पूरा गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा बुधबार मुद्दा दायर गरेको विभागले जनाएको छ ।

भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न पूर्वी चम्पारण,स्थायी ठेगाना भई विगतमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्दै आएका निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोक कुमार सिन्हा विरुद्ध सो मुद्दा दार्ता गरिएको हो ।

थप जानकारी