राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राप्रपाको एकता महाधिवेशन कार्तिक २७ देखि ३० सम्म काठमाडौंमा हुने

शनिवार, १९ आषाढ २०७८ २१:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको यसअघि स्थगित भएको एकता महाधिवेशन आगामी कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने नयाँ मिति तय भएको छ । शनिबार नेतात्रयको उपस्थितिमा बसेको पार्टी केन्द्रीय निर्देशन समितिको बैठकले नयाँ मिति तय गरेको हो ।

बैठकले परिमार्जित कार्यतालिका अनुसार, सकृय सदस्यता वितरण एवं वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिको निर्वाचन भदौ मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।

यसैगरी सकृय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितलाई असोज सातसम्म बुझाउने निर्णय गरेको बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रमा सकृय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन असोज २० गतेसम्म सक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश कार्यसमितिको निर्वाचन असोज १५ सम्ममा सक्ने निर्णय गरेको छ ।

थप जानकारी