राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नेताले देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ: रविन्द्र मिश्र

बिहिवार, ३१ आषाढ २०७८ २१:२३

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेताहरुले देशको हुर्मत लिएको र त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे हुने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै मिश्रले नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई र भ्रमणको निम्ता आउने गरेकोमा राजदुतले ट्विटर र घरमा गएर बधाई दिए हुने भयो भन्दै नेपाल हलुका बनेको टिप्पणी गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले अझै बधाई दिएका छैनन् ।

मिश्रको टिप्पणी जस्तो त्यस्तै:
नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी?

जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनितिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदाहडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तराष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन।

जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिन्छ। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ। चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन। अरुको के कुरा गर्नु!

थप जानकारी