राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

प्रदेश २ का नवनियुक्त मन्त्रीद्वारा शपथ

शनिवार, २ साउन २०७८ १९:२७

जनकपुरधाम, साउन २ गते । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गर्नुभएका नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराउनुभएको हो ।

सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गर्नुभएको थियो । शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।

थप जानकारी