राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राप्रपामा भावी नेतृत्वबारे छलफल गर्न डराउनु पर्दैन: अध्यक्ष डा.लोहनी

आइतवार, ३ साउन २०७८ १८:११

काठमाडौं । राप्रपाका अध्यक्ष प्रकाश चन्द्र लोहनीले राप्रपामा भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउनु या डराउन नपर्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष डा. लोहनीले पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोहि पनि हिचकिचाउन या डराउन नपर्ने बताएका हुन् ।

उनले आउँदो चार महिनाभित्र राप्रापाको एकता महाधिवेशनलाई सफल पारि राप्रपालाई राष्ट्रवादी प्रजातान्त्रिक दलको रूपमा देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी र प्रजन्तान्त्रिक दलको रुपमा देशको जिम्मेवारी लिन सक्ने शसक्तको रुपमा खडा गर्नु हाम्रो कर्तव्य भएको बताएका छन् ।

उनी भन्छन् “पार्टी हामी सबैको साझा राजनैतिक सम्पत्ति हो र यसको संरक्षण र सम्बर्द्धन कसरी गर्नुपर्छ भन्ने चिन्तन हामी सबैको दायित्व हो । यो अवधारणा बोकेर नेतृत्व चयनदेखि सबै बुँदामा छलफल गर्नु पर्दछ । आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रताको हामीले सधै संरक्षण गर्नु पर्दछ । यहि प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह हो ।”

थप जानकारी