राष्ट्र हितमा समर्पित
बुधवार, साउन १३, २०७८

राप्रपाद्वारा सृजना बस्नेत मृत्युबारे निस्पक्ष छानबिन गर्न माग

मङ्गलवार, ५ साउन २०७८ १३:११

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमै निस्केर सृजना बस्नेत मृत्युको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । झापामा पछिल्लो समय भएका शृङ्खलाबद्ध शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएको हो। राप्रपाले सोमबार बिर्तामोडमा ‘हत्याराको खोजी गर, नागरिक सुरक्षाको ग्यारेण्टी गर’ भन्दै बिरोध प्रदर्शन गर्यो।

राप्रपा नगर समिति बिर्तामोड र मन्जुश्री असहाय संरक्षण केन्द्रले संयुक्तरूपमा निकालेको बिरोध र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै पार्टीका झापा अध्यक्ष केशब ओझाले आफूहरुको कार्यक्रम सांकेतिक भएको तर सुरक्षा अवस्था यस्तै रहिरहे आफूहरु अर्को रुपमा प्रस्तुत हुन बाध्य हुने बताए । निरन्तरका घटनाहरुको दोषी पत्ता लगाई कानूनको कठघरामा उभ्याएर जनतालाई सुरक्षित महशुस गराउन उनले आग्रह गरे।

पछिल्लो पटक झापाको बिर्तामोडमा एउटा सहकारी संस्थामा कार्यरत सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा उनी बसेको घरको मुनिपट्टि भेटियो। उनको शव भेटिएको ९ दिन भइसकेको छ। तर अनुसन्धान के प्रगति भयो भन्ने कुरा बताउन चाहिरहेको छैन। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यलाई अनुसन्धान प्रगतिबारे सोध्दा केही बताउन चाहँदैनन्।

बिर्तामोड नगरपालिकाले नगरको शान्ति सुरक्षा सन्तोषजनक नरहेको भन्दै दुई पटक विज्ञप्ति जारी गरिसकेको छ। तर प्रहरीले भन्न मिल्ने अनुसन्धानमा भएको प्रगति पनि भन्न चाहिरहेको छैन।

थप जानकारी