राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

आज दुई हजार २०२ जनामा सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

मङ्गलवार, ५ साउन २०७८ १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८३६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६०७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

थप जानकारी