काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सामाजिक संजालमा कडा जवाफ फर्काएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक वर्ष अघि गंगा नदिमा दुध चढाइरहेको फोटोलाइ सेयर गर्दै बाबुराम भट्टराईले आलोचना गरेपछि थापाले पनि कडा जवाफ फर्काएका हुन् ।
भट्टराईले ‘विश्वास एकदम घातक हुन्छ, यसले दुध फाल्न र पिशाव खान लगाउँछन्’ भनेर लेखेपछि राप्रपा अध्यक्ष थापा आक्रोशित बनेका हुन् । उनले बाबुरामको पोस्टलाई सेयर गर्दै लेखेका छन्, ‘योगीले खोलामा दुध बगाउँदा तपाईको टाउको दुख्छ तर तपाई आफूले खोलामा मान्छेको रगत बगाएको मान्छेको लाश बगाएको जिउँदो मान्छे नै बगाएको चाहि बिर्सनु भयो ?
साथै थापाले आगो सँग नखेल्न पनि भट्टराईलाई चेतावनी दिएका छन् । उनले भनेका छन्, आगोसँग नखेल मेरो प्यारो साथी र विश्वासलाई धर्मसँग बराबरी नगर ।
हिन्दु धर्ममा आस्था राख्दै राजतन्त्रसहति हिन्दु राज्यको माग गरुेर राजनिति गरिरहेका थापाले बाबुराम भट्टराईलाई यस्तो कडा जवाफ दिएका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी पनि हिन्दु धर्ममा निकै आस्था र विश्वास राख्ने व्यक्ति हुन् ।