राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

कमल थापा र विप्लवबीच भेट: राजादेखि सबै अटाउने मौलिक प्रजातन्त्र विकास गर्नुपर्नेमा जोड

शुक्रवार, ८ साउन २०७८ १२:२६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । भेटवार्तामा अध्यक्ष थापा र विप्लवबीच शुक्रबार समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

भेटमा थापाले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको स्पष्ट गरेका छन् ।

राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने धारण थापाले विप्लवलाई बताएका थिए ।
विप्लवले पनि राप्रपाको धारणप्रति सकारात्मक प्रतिक्रिया दिएको थिए ।

भेटवार्तामा राप्रपाका नेता दिपक बोहरा, बुद्धिमान तामाङ, सचिवालय प्रमुख ध्रुब बहादुर प्रधान र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा `प्रकाण्ड´ समेतको उपस्तिथि रहेको थियोे ।

विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

थप जानकारी