राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

आज एक हजार ८५५ सङ्क्रमण पुष्टि, एक हजार २८८ सङ्क्रमित निको

शुक्रवार, ८ साउन २०७८ १७:०३

काठमाडौं, साउन ७ गते । पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २८८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ६६१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

थप जानकारी