राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

नेपाली काँग्रेसको वडा तहका अधिवेशन स्थगित

शनिवार, ९ साउन २०७८ १५:२१

काठमाडौं । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा आगामी साउन १२ गतेदेखि वडास्तरको अधिवेशन हुने तयारी रहे पनि सो समयमा अधिवेशन स्थगित गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो । आगामी साउन १२ गते क्रियाशिल सदस्यता छानबिन समितिले क्रियाशिल सदस्यता र मतदाता प्रतिनिधिहरुको अन्तिम प्रतिवेदन पार्टीको केन्द्रीय समितिलाई बुझाउनेछ ।

तर, नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित समयतालिका भने नसर्ने पौडेलले बताउनुभयो । काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने बताउँदै आएको छ ।

थप जानकारी