राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

आज देशभर दुई हजार ३९१ सङ्क्रमण पुष्टि, सङ्क्रमणमा २५ जनाको मृत्यु

सोमवार, ११ साउन २०७८ १७:०९

काठमाडौं, साउन ११ गते । पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार २५ जनामा गरिएको एन्टिजेन परीक्षणमा एकहजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ७३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

थप जानकारी