राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

मङ्गलवार, १२ साउन २०७८ १४:४६

काठमाडौँ, साउन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।

आज बिहान अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो । “उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भन्नुभयो, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनुभएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करिब ४० मिनेट रहनुभएको थियो । (रासस)

थप जानकारी