राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

अफगानिस्तानमा बाढीमा बगेर ४० जनाको मृत्यु

बिहिवार, १४ साउन २०७८ १६:१७

काठमाडौं, साउन १४ गते । अफगानिस्तानमा बाढीको प्रकोपमा परेर कम्तिमा ४० जनाको मृत्यु भएको छ । अपगानिस्तान को कमदिश जिल्लाको विभिन्न स्थानमा बाढीले ८० घर बगाएपछि कम्तिमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार १५० जना अझै हराइरहेका छन् । टोलो न्यूजले प्रान्तीय परिषद्का प्रमुख सईदुल्लाह नुरिस्तानीलाई उद्धृत गर्दै ४० जनाको शव फेला परेको र मृतकको संख्या अझै बढ्ने उल्लेख गरेको छ । कमदिश जिल्ला अफगानिस्तानको नुरिस्तान प्रान्तमा पर्छ ।

अफगानिस्तानको हेरात प्रान्तमा गएको महिना आएको बाढीले कम्तिमा १२ जनाको मृत्यु भएको थियो ।

थप जानकारी