राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

नेपालद्वारा बोहराको प्रशंसा, उनी नभएको भए गौरव गर्न लायक काम गर्न सक्दिन थिए

बिहिवार, १४ साउन २०७८ २२:०१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकारको पालामा मन्त्री बनेका राप्रपा नेता दिपक बोहराको खुलेर प्रशंसा गरेका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले बोल्दै पूर्व मन्त्री बोहराको प्रशंसा गरेका हुन् ।

काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिने क्रममा उनले बोहराको उदाहरण दिएका हुन् । नेपालले कार्यक्रममा सहभागी राप्रपा नेता दिपक बोहराको नाम लिँदै भने ‘उनीजस्तो प्रतिबद्ध मन्त्री नभएको भए मैले गौरव गर्न लायक काम गर्न सक्दिन थिए” । २००९ मेदेखि २०११ फेब्रुअरीसम्म प्रधानमन्त्री बनेका नेपालको मन्त्रिमण्डलमा बोहरा बनमन्त्री थिए ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए । आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने उनले दावी गरे ।

थप जानकारी