राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

चीनबाट ४० लाख भेरोसेल खोप आइपुग्यो

शुक्रवार, १५ साउन २०७८ १६:१७

काठमाडौं । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप ‘डोज’ काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको हो ।

शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आईपुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो ।

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो ।

थप जानकारी