काठमाडौं । चीनको हेनान प्रान्तमा बाढीको प्रकोपमा परेर मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । सिन्हवाका अनुसार प्रान्तीय सरकारको सूचना कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर बाढीको क्षतिबारे जानकारी गराउँदै मृतकको संख्या बढेको पुष्टि गरेको हो ।
कार्यालयका अनुसार कम्तिमा ५० जना अझै हराइरहेका छन् । प्रान्तीय राजधानी झेङ्गझाउ शहरमा मात्रै हालसम्म २९२ जनाको मृत्युको पुष्टि भएको र ४७ जना हराइरहेको बताइएको छ । सीञ्ज्याङ्गमा सात जनाको मृत्यु र तीन जना हराइरहेका छन् ।
पिङ्गदिङशन र लौहेमा दुई जनाको मृत्यु र एक जना हराइरहेको जनाइउको छ । हेनान प्रान्तको अधिकांश स्थलमा भारी वर्षाले अधिकांश शहर जलमग्न भई बाढी गएको छ ।