राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

कोरोनाका कारण प्रहरी नायव निरीक्षकको मृत्यु

बुधवार, २० साउन २०७८ १९:२७

कपिलवस्तु । कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यरत कपिलवस्तुको बाणगंगा नगरपालिका –९ भलवाडका ४५ वर्षीय शिव रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

रायमाझीलाई असार १४ गते पिसीआर रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि काठमाडाैं पुराइएको थियो । उपचारका क्रममा मंगलबार उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लिलामणी आचार्यले बताए ।

रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आउनु भएको थियो । कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या एकसय ९७ पुगेको छ ।

थप जानकारी