राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

मुलुकलाई बैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा

बुधवार, २० साउन २०७८ २१:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिडिरहेको मार्गबाट मुलुक शान्ती, स्थायित्व र समृद्धि तर्फ नजाने त्यसको निमित्त बैकल्पिक मार्ग आबाश्यक भएको बताएका छन् ।

पार्टीको स्थानिय तह निर्बाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता बिदेशीले बोकाईदिएको भारी भयको बताए । नेपालको राष्ट्रिय राजनितिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित बिकेन्द्रीत शासन प्रणाली मुलुकको निमित्त आबश्यक भएको दाबी गरे ।

स्पष्ट बिचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पुँजि भएको भन्दै थापाले इमानदारीता पुर्बक निर्बाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे । बिदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेका थिए ।

थप जानकारी