राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

शुक्रवार, २२ साउन २०७८ १८:५९

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को माघ १० मा पुष्टि भएको थियो । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।

थप जानकारी