राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

विस्कुट कारखानामा भीषण अगालागी, नियन्त्रण प्रयास जारी

शनिवार, २३ साउन २०७८ ८:२०

काठमाडौं, साउन २३ गते । काठमाडौंको बालजुस्थित औधोगिक क्षेत्र भित्रको नेविको विस्कुट कारखानामा गए रातीबाट भीषण आगलागी भएको छ ।

राती करीब २:३० बजेबाट शुरु भएको सो आगलागी अहिले विहानसम्म नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख आशोक सिंहले बताउनुभयो ।

आगो नियन्त्रणका लागि उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित भए पनि आगो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । क्षतिको विवरण र आगलागीको कारणबारे अनुसन्धान भइ रहेको जनाइएको छ ।

थप जानकारी