राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

जापानबाट पाँचलाख खाेप आइपुग्यो, तीन लाख भोलि ल्याइँदै

शनिवार, २३ साउन २०७८ १३:३०

काठमाडौं । जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप लिएर काठमाडौं आइपुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार आइतबार थप दुई लाख ८७ हजार जोड खोप आउनेछ । शनिबार र आइतबार गरेर आठ लाख खोप आइपुग्ने उहाँले बताउनुभयो । बाँकी आठ लाख खोप अर्को साता आइपुग्ने समेत उहाँले बताउनुभयो ।

अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । त्यस्तै स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई दिइनेछ ।

खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उहाँले बताउनुभयो । तर, प्रदेश १ र २ मा भने खोप अभियान शुरु भएको केही दिन ढिलो गरी शुरु हुने उहाँले बताउनुभयो ।

थप जानकारी