राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

एमसीसी चाहिदैन भन्दै विरोध प्रदर्शनमा राप्रपा

शनिवार, २३ साउन २०७८ १९:५२

रुपन्देही । राप्रपा रुपन्देही देवदहले शनिबार बिरोध र्याली तथा कोणसभाको आयोजना गरेको छ । ‘हिन्दुराज्य कायम गर, राजसंस्था पुनस्थापना गर, संघीयता खारेज गर, एमसीसी चाहिदैन, भारतीय हस्तक्षेप बन्द गर’ भन्ने नाराका साथ आयोजित उक्त विरोध कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो ।

कार्यक्रममा राप्रपा रूपन्देही क्षेत्र न. १ का अध्यक्ष हेमलाल गौतम, राप्रयुस केन्द्रिय सदस्य शंकर खत्री राप्रपा नवलपरासी जिल्ला सदस्य देवि ज्ञावाली राप्रपा रुपन्देही जिल्ला सदस्य लालबहादुर ठकुरी एवं केन्द्रीय सदस्य तोया लम्साल लगायतको उपस्थिति थियो ।

राप्रपा नगर अध्यक्ष माधव रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घोषण नगरका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य विनोद सेन्चुरीले राखेका थिए ।

थप जानकारी