राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

देशभर आज २५४८ जनामा कोरोना संक्रमित, ५५ को मृत्यु

आइतवार, २४ साउन २०७८ १६:५८

काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।

थप जानकारी