राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

कुलमान घिसिङको विद्युत प्राधिकरणमा नियुक्ति भएन

सोमवार, २५ साउन २०७८ २०:३७

काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।                                                                                                    उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।

‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकले निर्णय गर्ने छ ।’ सोमबारको मन्त्रिपरिषद बैठकले केही सचिवहरूको सरुवा गरेको छ ।

थप जानकारी