राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

भारतमा ३८ हजार सङ्क्रमित थपिए

शनिवार, ३० साउन २०७८ १२:४८

काठमाडौं । भारतमा गएको चौबीस घण्टामा ३८ हजार ६६७ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा २२ लाख २९ हजार ७९८ नमूना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन करोड २१ लाख ५६ हजार ४९३ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै हाल तीन लाख ८७ हजार ६७३ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार तीन करोड १३ लाख ३८ हजार ८८ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

गएको चौबीस घण्टामा ३५ हजार ७४३ जना सङ्क्रमित निको भएका छन् । गएको चौबीस घण्टामा ६३ लाख ८० हजार ९३७ डोज खोप लगाइएको छ । हालसम्म ५३ करोड ६१ लाख ८९ हजार ९०३ डोज खोप लगाइएको छ ।

थप जानकारी