राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

जयसिंह धामीको परिवारका निम्ति ग्रेटर नेपालले इन्डियासँग माग्यो भारू १ करोड

आइतवार, ३१ साउन २०७८ १७:३६

काठमाडौं । एसएसबीले नेपाली नागरिकमाथि गरेको अन्यायका विरुद्ध इन्डियाको स्वतन्त्रता दिवसका दिन माफी माग्न र जयसिंह धामी हत्या प्रकरणमा १ करोड भारू क्षतिपूर्ति दिन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका लागि इन्डियाली राजदूतलाई मेलमार्फत अाज दिउँसो ज्ञापनपत्र पठाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, `इन्डियाले स्वराज पाएको दिन १५ अगस्त १९४७ नेपालीका निम्ति पनि यस कारण महत्त्वपूर्ण छ, यस दिन सुगौली सन्धिमा गुमेको नेपालको ६०००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ब्रिटेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो । यो नेपाली जमिनमा सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेश कायम रहँदै अाएको छ । आजका दिन हाम्रो जमिन इमानदारीपूर्वक हामीलाई फर्काउन फेरि पनि अाग्रह गर्दछौँ ।´

स्वतन्त्रता मानव जातिलाई सबैभन्दा प्यारो हुन्छ भन्ने हेक्का नराख्नु इन्डयाको ठूलो कमजोरी हो । यस प्रसङ्गमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गत जुलाई ३० का दिन एसएसबीले डोरी फुकालेपछि तुइन खुस्किएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका नेपाली नागरिक जयसिंह धामीबारे महामहिम राजदूतको ध्यानाकर्षण गर्दछ ।´

सीमावर्ती नेपाली `नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन हो । इन्डियाले यही नै गर्दै इरहेको छ । जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको छ । जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ ।

जयसिंह धामीलाई स्वतन्त्र रूपमा आवतजावत गर्नबाट एसएसबीले छलपूर्वक बाधा पुर्याएका कारण उनको हत्या हुनपुगेको हो । जयसिंह धामीको लास खोज्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीय मात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।´

`साक्षी प्रमाणले जयसिंह धामीको हत्या एसएसबीले गरेका सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यस जघन्य अपराधका निम्ति सार्वजनिक रूपमा माफी माग्न र जयसिंह धामीका परिवारलाई पारदर्शी रूपमा नेपाल सरकारमार्फत् कम्तीमा १ करोड इन्डियाली रूपैयाँ क्षतिपूर्ति दिन इन्डियाली सरकारसँग माग गर्दछ ।´

थप जानकारी