राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

प्रधानमन्त्री र राप्रपा अध्यक्ष राणाको भेट, पूर्व गोरखा सैनिकको आन्दोलनबारे ध्यानाकर्षण

आइतवार, ३१ साउन २०७८ १९:३२

३१ साउन, काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पेन्सन सुविधा लगायतका भेदभावको अन्त्यको माग गर्दै मध्य लण्डनमा अनसनरत भुतपुर्व ब्रिटिश गोरखा सैनिकको आन्दोलन प्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि अध्यक्ष राणाले गोरखा सैनिकको मागमा गम्भीर बन्न आग्रह गर्नुभएको हो ।

तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारका बीचमा भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय वर्ष नाघिसकेको र आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्ण रुपमा अन्त्य हुन नसकिरहेको सन्दर्भमा बेलायत सरकारसंग कुटनैतिक ढंगबाट संवाद गरि समस्याको समाधान गर्न अध्यक्ष राणाले माग गर्नुभएको छ । प्रत्युत्तरमा प्रधानमन्त्री देउवाले भुतपुर्व गोरखा सैनिकको संघर्ष प्रति आफू जानकार रहेको र सरकारले बेलायत सरकारसंग संवाद गरिने आश्वासन दिनुभएको पनि राणाले जानकारी दिनुभएको छ ।

विभिन्न माग राखी बेलायतको मध्य लण्डनमा विगत नौ दिनदेखि पूर्व गोरखा सैनिकहरु ज्ञानराज राई , धन बहादुर गुरुङ र पुष्पा राणा घले अनशनरत छन् । अनसनरतहरुको स्वास्थ अवस्था अत्यन्तै नाजुक हुँदै गइरहेको छ ।

थप जानकारी